प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनल समिकरण पूरा

प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनल समिकरण पूरा
+
-

दाङ– दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार समूह चरणको अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १ सय ४० रनले पराजित गरेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो।

खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ४८ रनको विजयी लक्ष्यलाई पछ्याएको गण्डकीले निकै खराब ब्याटिङ गर्ने क्रममा ८ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र ७ रन बनायो।

बलिङतर्फ प्रदेश १ का लागि संगीता राई एक्लैले पाँच विकेट हात पारिन्। यस्तै शबनम राईले ४ विकेट र अप्सरी बेगमले पनि एक विकेट लिएकी थिइन्।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर १ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। उसका लागि ओपनर ब्याटर काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय पारी खेलेका थिए। अविजित रहेकी काजलले ५७ बलमा ४ चौकासहित ५२ रनको योगदान गरिन्। यस्तै उनलाई साथ दिएकी रोमाले पनि अविजित रहँदै ४९ बलमा ८ चौकासहित ५१ रन बनाइन्।

त्यसअघि ६.४ ओभरमा टिमको स्कोर ३६ रन हुँदा कुसुम गोदारको बलमा आउट हुन् पुगेकी कप्तान रुविना क्षेत्रीले १५ रनको योगदान गरेकी थिइन्।

अब शनिबार हुने प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’को विजेता विभागीय टोली एपीएफले समूह ‘बी’को उप–विजेता सुदूरपश्चिमसँग खेल्नेछ भने अर्को सेमिफाइनल खेलमा समूह ‘बी’को विजेता प्रदेश १ ले समूह ‘ए’ को उप–विजेता लुम्बिनी प्रदेशसँग खेल्नेछ। प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ। उप–विजेता टोलीले तीन लाख रुपैयाँ र सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै सर्वोत्कृष्ट खेलाडीले २१ हजार रुपैयाँ, उत्कृष्ट ब्याटरले १० हजार रुपैयाँ र उत्कृष्ट बलरले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’