धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितमध्ये हालसम्म झण्डै ११ हजार संक्रमणमुक्त भएका छन्। प्रदेशभर बिहीबारसम्म कोरोना संक्रमण पुष्टि भएका १३ हजार ५ सय ७९ जनामध्ये १० हजार ९ सय ८० जना संक्रमणमुक्त भएका छन्।
प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार मात्र सुदूरपश्चिम प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार बिहीबार प्रदेशका ६ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो।
कार्कीका अनुसार सेती प्रादेशीक अस्पतालमा ४८ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ७ जना, बैतडी अस्पतालको प्रयोगशालामा ६ जना, डोटी अस्पतालको प्रयोगशालामा ३ जना, अछामको कमलबजार प्रयोगशालामा ७ जना र बझाङ अस्पतालको प्रयोगशालामा ५ जना गरी थप ७६ जनामा संक्रमण पुष्टि भएको छ।
हालसम्म सुदूरपश्चिम प्रदेशमा १ लाख ३१ हजार ३ सय ८४ जनाको नमुना परीक्षण गरिएकोमा संक्रमितको संख्या १३ हजार ५ सय ७९ पुगेको छ। हालसम्म ५१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































