सुदूरपश्चिमलाई हराउँदै एपिएफ फाइनलमा

सुदूरपश्चिमलाई हराउँदै एपिएफ फाइनलमा
+
-

दाङ – विभागीय टोली एपिएफ लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

जितका लागि ६१ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍याे। ओपनर ज्योती पान्डे ३८ बलमा १ चौका सहित २६ रनमा अविजित रहिन् । सरिता मगर ३५ बलमा १ चौकासहित १९ रनमा अवीजित रहिन् । कप्तान सीता राना मगर ७ रनमा आउट भइन् । कविता कुवँरले १ विकेट लिइन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ६० रन बनाएको थियो । सुदूरपश्चिमकी कविता जोशी २१ बलमा २ चौकासहित सर्वाधिक २२ रनमा अविजित रहिन् । लक्ष्मी साउँद ३ रनमा अविजित रहिन् ।

एपिएफले उपाधिको लागि आइतबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनलमा आजनै लुम्बिनी र प्रदेश १ भिड्ने छन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’