
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली खेमाको भेला सुरु भएको छ।
काठमाडौँ जिल्ला कमिटीद्धारा आयोजित बृहत कार्यकर्ता भेला प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो।
भेलालाई यो खेमाका अध्यक्ष केपी शर्मा ओली, उनको समर्थनमा उत्रिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उपप्रधानमन्त्री ईश्वर पोखरले संवोधन गर्दै छन्।
भेलामा पछिल्लो विकसित परिस्थिति र आगामी आफ्नो पक्षको रणनीतिलाई लिएर यी नेताहरुले कार्यकर्तालाई संवोधन गर्दै छन्।