एक साताअघि दाहाल-नेपालको आन्दोलनमा सहभागी पूर्वमाओवादी सांसद ओली समूहमा प्रवेश

एक साताअघि दाहाल-नेपालको आन्दोलनमा सहभागी पूर्वमाओवादी सांसद ओली समूहमा प्रवेश
+
-

बुटवल- एक साताअघि नेकपा प्रचण्ड-नेपाल समूहको काठमाडौँ माइतीघरमा भएको धर्ना र आन्दोलनमा सहभागी रुपन्देहीका एकजना प्रदेश सांसद दधिराम शर्मा न्यौपाने प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा खुलेर लागेका छन्।

काठमाडौँको आन्दोलनपछि रुपन्देहीको तिलोत्तमामा प्रचण्ड-नेपाल समूहका नेता घनश्याम भुसालको उपस्थितिमा भएको कार्यक्रममा समेत न्यौपाने सहभागी थिए।

तर, त्यसपछि लुम्बिनी प्रदेश सरकारको समीकरणमा ओली समूहलाई सरकार टिकाइराख्न केही सांसद आवश्यक देखिएकै समयमा उनी ओली समूहको पक्षमा देखिएका हुन्।

उनीसँगै रुपन्देहीमै प्रदेश सभा सदस्यका उमेदवार अनुप बराल पनि ओली पक्षमा गएका छन्। उनी पनि केहीदिनअघिसम्म प्रचण्ड-नेपाल समूहको आन्दोलनमा सहभागी थिए।

प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू सरकार पक्षतिर रहेको बताए।

‘अहिलेसम्म पार्टी एउटै छ, पार्टी विभाजन भएको छैन, आन्दोलनलाई समर्थन गर्ने कि सरकारलाई गर्ने भन्ने हो, मैले अहिले सरकारलाई समर्थन गरेँ, अरु जिल्लास्तरमा साथीहरु पनि मसँगै सरकारको समर्थनमा जानु भयो,’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?