मोरङ– जनता समाजवादी पार्टी (जसपा) मोरङले तेस्रो चरणको आन्दोलन गर्ने भएको छ।
जसपा मोरङका अध्यक्ष राजकुमार यादवका अनुसार प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदानलाई खेर फालेको बताउँदै आन्दोलनको सुरुआत गरेको जानकारी दिए।
विराटनगरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोधका क्रममा आन्दोलनलाई अघि बढाउने बताएका हुन्।
जनताको संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धी रक्षा गर्न प्रधानमन्त्री ओली असमर्थ रहेको आरोप लगाउँदै यादवले प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम चालेको उल्लेख गरे। पत्रकार सम्मेलनका क्रममा यादवले प्रधानमन्त्रीले चालेका अलोकतान्त्रिक कदम खारेज गर्न जनसंघर्षको विकल्प नरहेको बताए।
पुषको २५ गतेबाट सुरु हुने तेस्रो चरणको आन्दोलनका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव, पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
त्यसैगरि सोही अवसरमा पुस २९ गते विर्तामोड र माघ ३ गते धरान र माघ ७ गते मोरङको रंगेलीमा जनप्रदर्शन गरिने जनाइएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































