प्रधानमन्त्री कप महिला क्रिकेटः उपाधिका लागि एपीएफ र प्रदेश–१ भिड्ने

प्रधानमन्त्री कप महिला क्रिकेटः उपाधिका लागि एपीएफ र प्रदेश–१ भिड्ने
+
-

दाङ– लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश–१ र विभागीय टोली एपीएफ भिड्ने भएका छन्। फाइनल आइतबार हुनेछ।

शनिबार भएको सेमिफाइनलमा प्रदेश–१ ले लुम्बिनीलाई र एपीएफले सुदूरपश्चिमलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

शनिबार भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गरेको थियो। पहिले व्याटिङ गरेको  सुदूरपश्चिमले जम्मा ६० रन बनाएको थियो। खराब मौसमका कारण १६ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले ७ विकेटको क्षतिमा ६० रन जोडेको थियो। उसका लागि कविता जोशीले २२  रन बनाइन्। यस्तै रेवती धामीले १२ र कविता कुँवरले ९ रन बनाइन्।

६१ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको एपिएफले १५ ओभर एक बलमा लक्ष्य पूरा गर्‍यो। एपीएफका लागि ज्योती पाण्डेले २६ रन बताइन्। यस्तै सरिता मगरले १९ रनको योगदान गरिन्।

बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन्। कप्तान सीता राना मगरले १ विकेट लिइन्।

यस्तै  शनिबार नै भएको दोस्रो खेलमा प्रदेश १ ले लुम्बिनी  प्रदेशलाई १० विकेटले पराजित गर्‍यो। लुम्बिनीका लागि नितु भण्डारीले २१ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।

लुम्बिनीले प्रस्तुत गरेको ५३ रनको लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमै बिना क्षति पूरा गरेको थियो। प्रदेश १ का लागि काजल श्रेष्ठले २२ तथा कप्तान रुविना क्षेत्रीले २६ रन बनाइन्।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ। उप–विजेता टोलीले ३ लाख र सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन्। यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार , उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’