पार्टीभित्र गोमन सर्प बनेर हुर्किएका ओलीले कम्युनिष्टलाई नै डसेः जनार्दन शर्मा

पार्टीभित्र गोमन सर्प बनेर हुर्किएका ओलीले कम्युनिष्टलाई नै डसेः जनार्दन शर्मा
+
-

मोरङ–  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता हातमा लिएर प्रतिगामी कदम चालेको नेकपा दाहाल–नेपाल समूहका नेता जनार्दन शर्माले आरोप लगाएका छन्।

शनिबार विराटनगरमा दाहाल–नेपाल समूहद्वारा आयोजित नेकपाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा नेता शर्माले प्रधानमन्त्री ओलीमा संविधानप्रति स्नेह माया नदेखिएको बताए।

प्रधानमन्त्री ओलीलाई गोमन सर्पको संज्ञा दिँदै कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री ओली पार्टीभित्र हुर्किएका विषालु गोमन सर्प भए, अहिले आएर कम्युनिष्टलाई नै डसे।’

त्यसैगरि कार्यक्रममा अर्का नेता युवराज ज्ञवालीले कम्युनिष्ट आन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्रसहितको उपलब्धिलाई एकैपटक विघटन गर्ने प्रयत्न भएको बताएका थिए।

यद्यपि नेकपाभित्रको बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीको रणनीतिलाई अस्वीकार गर्दै जनताको पक्षमा उभिएको उनको भनाइ छ। ज्ञवालीले अन्तर्राष्ट्रिय डिजाइनका आधारमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका थिए।

उनले एमसीसीको पक्षमा उभिएर अडान लिँदै प्रधानमन्त्री ओली भारत र पश्चिमा देशको जालमा फसेको बताएका थिए। उनले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको निर्णयले कम्युनिष्ट आन्दोलनमा गम्भीर चुनौति थपिएको उल्लेख गरेका थिए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’