रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा सेल्टा डी भिगोलाई २–० ले पराजित गरेर रियल मड्रिड एथ्लेटिको मड्रिडलाई पछि पारी शीर्ष स्थानमा गएको हो ।
रियल मड्रिडको जितमा लुकास भाज्क्वेज तथा मार्को एसेन्सिओले गोल गरेका हुन् । भाज्क्वेजले छैटौँ मिनेटमा गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाए । ५३ औँ मिनेटमा एसेन्सिओले गोल गरि टिमको २–० का सुनिश्चित गरेका हुन् ।
जितपछि शीर्ष स्थानको रियल मड्रिडको १७ खेलबाट ३६ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको १४ खेलबाट ३५ अंक छ ।
शनिबार राति भएका अरु खेलमा भिल्लारियलले लेभान्टेलाई २–१ तथा रियल भालाडोलिडले गेटाफेलाई १–० ले पराजित गर्दा रियल बेटिस र सेभिल्लाले १–१ को बराबरी खेलेका छन् ।

भर्खरै
लोकप्रिय






































































































































































































