काठमाडौँ–साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
गत साताको शुक्रबार छापावाला सुनको मूल्य ९४ हजार पाँच सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य पनि स्थिर रही तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































