
काठमाडौँ- सशस्त्र प्रहरी बल-एपीएफका सिमा सुरक्षा हेर्ने गरी स्थापना गरिएका गणहरुमा दरबन्दी करिब दोब्बर पारिएको छ।
एपीएफ महानिरीक्षक शैलेन्द्र खनालले आइतबार झापामा रहेको २ नम्बर गणको उद्घाटन गरे। यसअघि उक्त कार्यालयमा २ सय ३७ जनाको दरबन्दी रहेकामा अब त्यहाँ ६ सय २१ जनाको दरबन्दी बनाइएको छ।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन २ वर्षअघि एपीएफले संगठन तथा व्यवस्थापन प्रतिवेदन-ओएनएम तयार गरिएको थियो जसअनुसार सिमा सुरक्षा कार्यालयमा दरबन्दी करिब दोब्बर बनाइनुपर्ने सुझाव थियो। गणअन्तर्गत सिमा सुरक्षा पोष्ट-बीओपीहरु रहन्छन्।
पछिल्लो वर्ष बीओपीको संख्या ह्वात्तै बढाईएसँगै गणहरुको दरबन्दी पनि बढाइएको हो।