सुरुमै पछाडि परे पनि इन्टर मिलानको ६ गोल, एसी मिलानलाई धकेल्दै उक्लियो शीर्षस्थानमा

सुरुमै पछाडि परे पनि इन्टर मिलानको ६ गोल, एसी मिलानलाई धकेल्दै उक्लियो शीर्षस्थानमा
+
-

सुरुवातमै गोल ब्यहोरेको इन्टर मिलानले इटालियन सिरिए फुटबलअन्तर्गत आइतबार साँझ क्रोटोनविरुद्ध ६-२ गोलको जित हात पारेको छ।

घरेलु मैदानमा इन्टर पहिलो हाफमा २-२ गोलको बराबरीमा थियो। तर दोस्रो हाफमा उसले चार गोल थप्यो। यो जितले इन्टर अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।

इन्टर मिलानका लौतारो मार्टिनेजले ह्याट्रिक गरे। अस्रफ हाकिमी र रोमेलु लुकाकुले एक एक गोल गरेभने एक गोल क्रोटोनका खेलाडीबाट आत्मघाती भएको थियो। क्रोटोनका निकोलो जानेलाटोले १२ औँ मिनेटमा भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए।

तर मार्टिनेजले २० औँ मिनेटमा खेल बराबरीमा ल्याए। लुका मारोनबाट ३१ औँ मिनेटमा आत्मघाती गोल भएपछि घरेलु टोली २-१ गोलले अगाडि बढेको थियो।

त्यसको पाँच मिनेटलगत्तै क्रोटोनका भ्लादिमिर गोलेमिचले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको थियो। मार्टिनेजले ५७ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पुन अग्रता दिलाएका थिए। लुकाकुले ६४ औँ मिनेटमा अग्रता दोब्बर बनाए। २३ वर्षीय मार्टिनेजले ७८ औँ मिनेटमा ह्याट्रिक पुरा गरे।

इन्टर मिलानको १५ खेलबाट ३६ अंक भएको छ। दोस्रो स्थानमा रहेको एसी मिलानको १४ खेलबाट ३४ र तेस्रो स्थानको एएस रोमाको १४ खेलबाट २७ अंक छ। साविक विजेता युभेन्ट्सको १३ खेलबाट २४ अंक छ।

यो सिजन सिरिएमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा लुकाकु १२ गोलसहित शीर्षस्थानमा छन्। युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोको पनि १२ गोल छ तर उनी गोल असिस्टमा लुकाकुभन्दा पछाडि छन्। एसी मिलानका ज्लाटन इब्राहिमोभिचको ११ र इन्टर मिलानका मार्टिनेजको नाममा ९ गोल छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?