मेस्सीसहितको बार्सिलोना विजयी

मेस्सीसहितको बार्सिलोना विजयी
+
-

लियोनल मेस्सी मैदान फर्किएको खेलबाट बार्सिलोनाले जितको यात्रा पुनः सुरु गरेको छ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कालाई १–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि २७ औँ मिनेटमा मेस्सीको सहयोगमा फ्र्याकी डी जोङ्गले गरेको गोल नै निर्णायक बन्यो । मेस्सीले बार्सिलोनाबाट ७५० औँ तथा ला लिगामा ५०० औँ खेल खेलेका हुन् ।

मेस्सीले फ्रि किक मार्फत प्रहार गरेको बल क्रसबारबाट माथि गए पनि गोलका लागि भने सहयोग गरे। जितपछि पाँचौँ स्थानमा उक्लिएको बार्सिलोनाको १६ खेलबाट २८ अंक भएको छ । पुछारको हुएस्काको १७ खेलबाट १२ अंक मात्रै छ ।

ला लिगा अन्तर्गत आइतबार राति भएका अरु खेलमा एथ्लेटिको बिल्बाओले एल्चीलाई १–० तथा एइबरले ग्रानाडालाई २–० ले पराजित गर्दा रियल सोसिडाड र ओसासुनाले १–१ को बराबरी गरेका छन् ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’