फाेटाे फिचर

हुम्लामा भारी हिमपात (तस्बिरहरु)

हुम्लामा भारी हिमपात (तस्बिरहरु)
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लामा भारी हिमपात जारी छ। आइतवार बिहानैबाट मौसममा बदली भए पनि दिउँसोबाट सुरु भएको हिमपात अहिले पनि जारी छ।

हुम्लामा आइतवार बेलुकाबाट निरन्तर हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताए।

शनिबार बिहानदेखि जिल्लाको मौसममा फेरबदल आए पनि सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा आइतवारबाट हिमपात हुँदा चिसो अत्यधिक बढेको छ ।

लगातार हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनस सात डिग्रीसम्म झरेको छ । जमिनमा आधा फिट हिउँ जमेको छ । अझै हिउँ लगातार परिरहेको छ ।

हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

उत्तरी नाम्खा गाउँपालिकामा बिहानदेखि हिमपात भइरहेको सीमा सुरक्षा चौकी हिल्साका इन्चार्ज सुरज केसीले जानकारी दिए ।

बिहानदेखि नारा, न्यालु तथा अन्य लेकसहित उच्च क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेर घरबाहिर निस्कन समस्या बनाएको केसीले बताए।

यता हिमपात हुँदा किसानहरु भने खुशी भएका छन् । जेठासी बाली जौँ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा छरेको बीउ उम्रर्न सहज हुने भएपछि किसानहरु खुशी भएका हुन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?