सुरुमै म्याक्सवेललाई आउट गरेका सन्दीप अन्तिम दुई ओभरमा महँगो, स्टार्ससँग हार्‍यो हुरिकेन्स

सुरुमै म्याक्सवेललाई आउट गरेका सन्दीप अन्तिम दुई ओभरमा महँगो, स्टार्ससँग हार्‍यो हुरिकेन्स
+
-

काठमाडौँ- सन्दीप लामिछानेले लगातार दोस्रो खेलमा विकेट लिएपनि होबर्ट हुरिकेन्सले अस्ट्रेलियाको बिग बास लिग-बीबिएल क्रिकेटअन्तर्गत सोमबार मेलबर्न स्टार्ससँग १० रनको हार ब्यहोरेको छ।

एक सय ८४ रनको लक्ष्य पछ्याएको हरिकेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७३ रनमात्र जोड्न सक्यो। सन्दीपले चार ओभरमा एक विकेट लिएर ३६ रन दिए। सुरुका दुई ओभरमा एक विकेट लिँदै पाँच रनमात्र दिएका सन्दीपले अन्तिम दुई ओभरमा भने ३१ रन खर्चिएका थिए। उनले आठौँ ओभरको दोस्रो बलमा ग्लेन म्याक्सवेललाई एलबीडब्लु धरापमा पारेका थिए।

दुई दिनअघि मात्र स्टार्सलाई हुरिकेन्सले हराएको थियो। यो सिजनको बिग बासमा सन्दीपले त्यसै  खेलमार्फत सुरुवात गरेका थिए। सन्दीपले दुई विकेट लिएका थिए। स्टार्स सन्दीपले अघिल्ला दुवै सिजन बिग बास लिग खेलेको टोली हो।

सोमबार स्टार्सको पालीमा मार्कस स्टोइनिसले अविजित ९७ रन बनाए। प्रारम्भिक ब्याट्सम्यानका रुपमा उत्रिएका स्टोइनिसले ५५ बलमा सात छक्का र सात चौका हिर्काए। मध्यक्रमका हिल्टन कार्टराइटले पनि ३६ रन बनाए।

हुरिकेन्सको पालीमा बेन म्याकडर्मटले ९१ रन बनाए। प्रारम्भिक ब्याट्सम्यान उनले ५८ बलमा ५ छक्का र ८ चौका हिर्काए। दाविद मलानले २६ र कप्तान पिटर ह्यान्ड्सकम्बले २१ रन बनाए। म्याकडर्मट १९ औँ ओभरको अन्तिम बलमा आउट भएका थिए। अन्तिम ओभरमा हुरिकेन्सलाई २१ रन चाहिएको थियो।

८ खेलमा ५ जित र तीन हार ब्यहोरेको हुरिकेन्स तेस्रो स्थानमा छ। स्टार्सको सात खेलबाट १५ अंक छ। शीर्षस्थानमा रहेको सिड्नी सिक्सर्सको ७ खेलबाट २१ र दोस्रो स्थानको सिड्नी थण्डरको ६ खेलबाट १९ अंक छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’