नेपालगञ्ज–बाँकेमा कोरोनाबाट ७६ वर्षीय पुरुषको मृत्यु भएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, पिसाव सम्बन्धी समस्या भएपछि पुस १५ गते भेरी अस्पताल नेपालगञ्जमा ल्याइएका बृद्धलाई १८ गते घर लैजाने तयारी भएको थियो । सोही दिन कोरोनाको शंका लागेपछि जाँच गरिएको थियो। बृद्धको रिपोर्ट पोजिटिभ आयो।
बाँके बैजनाथ गाउँपालिका वडा नं. २ का ७६ वर्षीय पुरुषलाई त्यसपछि कोरोनाको उपचार उपचार गरिएको थियो । उनको सोमबार अपरान्ह ५ बजे मृत्यु भएको छ ।
पारिवारिक स्रोतका अनुसार, बृद्ध भोजन नलीको क्यान्सरका पुराना बिरामीसमेत हुन् । योसँगै कोरोनाबाट बाँकेमा ४७ जनाको मृत्यु भएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































