उरुग्वेको खेलाडी युनियनले एडिन्सन काभानीमाथि लागेको तीन खेलको प्रतिबन्ध फिर्ता लिन माग गरेको छ ।
बेलायतको फुटबल एसोसिएशनले सामाजिक सञ्जालमा केही अवस्थामा अपमानजनक अर्थ लाग्ने स्पेनिस ‘फ्रेज’ पोस्ट गरेका कारण उनीमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ ।
म्यानचेस्टर युनाइटेडका काभानीमाथि लागेको प्रतिबन्ध हटाउन उरुग्वेको खेलाडी युनियनले माग गरेको हो ।
यस्तै उनले एक लाख पाउण्ड जरिवाना पनि तिर्नु पर्ने फुटबल एसोसिएशनले बताएको थियो । फुटबल एसोसिएसनले काभानीले प्रयोग गरेको भाषा अपमानजनक रहेको ठहर गरेको थियो ।
३३ वर्षका काभानी गएको नोभेम्बर २९ मा साउथह्याम्पटनमाथि विजयी गोल गरेपछि सामाजिक सञ्जालमा पोस्ट गरेको सामग्रीलाई आपत्तिजनक ठहर भएको हो । उनले आलोचना भएपछि सो पोस्ट डिलिट गरे र माफी मागे ।
उरुग्वेको खेलाडी युनियनले प्रतिबन्ध लगाउने निर्णयमाथि पनि पुनरावलोकन गर्नु पर्ने बताएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































