विलियम्सनको चौथो दोहोरो टेस्ट सतक, न्युजिल्यान्डको नजर पहिलो वरियतामा

विलियम्सनको चौथो दोहोरो टेस्ट सतक, न्युजिल्यान्डको नजर पहिलो वरियतामा
+
-

न्युजिल्यान्डका कप्तान केन विलिम्सनले टेस्ट क्रिकेटमा चौथो दोहोरो सतक बनाएका छन्।

पाकिस्तानविरुद्ध जारी दुई खेलको टेस्ट शृंखलाअन्तर्गत दोस्रो खेलको पहिलो पारीमा विलियम्सनले २ सय ३७ रन जोडे। न्युजिल्यान्डले पहिलो पालीमा ६ विकेट गुमाएर ५९ रन जोडेपछि समाप्तीको घोषणा गरेको छ।

पाकिस्तानलाई पहिलो पालीमा २ सय ९७ रनमा समेटेको न्युजिल्यान्डले समग्रमा तीन सय ६२ रनको अग्रता लियो। पाकिस्तानले तेस्रो दिनको खेल सकिँदा दोस्रो पालीमा एक विकेट गुमाएर ८ रन जोडेको छ।

पाकिस्तान अझै तीन सय ५४ रनले पछाडि छ। न्युजिल्यान्डले यो खेल जिते टेस्ट वरियतामा पहिलो नम्बरमा पुग्ने छ।

विलियम्सनले समग्रमा २४ औँ टेस्ट सतक बनाएका हुन्। उनी हाल टेस्ट क्रिकेटको ब्याट्सम्यान वरियतामा शीर्षस्थानमा छन्।

पाकिस्तानविरुद्धको शानदार पालीमा विलियम्सनको तीनपटक क्याच ड्रप भएको थियो। उनले हेनरी निकोलासँग चौथो विकेटका लागि तीन सय ६९ रनको साझेदारी गरेका थिए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’