बालाजुमा २३ वर्षीय युवककाे हत्या

बालाजुमा २३ वर्षीय युवककाे हत्या
+
-

काठमाडौँ – काठमाडौँको बालाजु बाइपासमा स्थानीय टेलर व्यवसायी (लुगा सिउने) बिच भएको झगडामा  एकजनाको ज्यान गएको छ ।

मंगलबार राति स्थानीय दुई टेलर व्यवसायीबिच भएको विवादले उग्र रुप लिँदा अन्दाजी २३ वर्षका कलाम मियाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

राति ९ बजेतिर अर्का टेलर व्यवसायी अन्दाजी २३ वर्षका सुबोध शर्माले कपडा काट्ने कैँचीले मियाँको कोखामा प्रहार गरेका थिए । गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल लगिएको भए पनि राति साढे १० बजे निधन भएको हो ।

घटनापछि भागेका शर्मालाई प्रहरीले बुधबार बिहान फर्पिङ्गबाट पक्राउ गरेको छ । मृत्यु हुने मियाँ र आक्रमण गर्ने शर्मा दुवै भारतको मोतिहारीका बासिन्दा हुन् ।

दुईबिच ग्राहकको विषयलाई लिएर विवाद भएको बताइएको छ । उनीहरुबिच सोही विषयमा लामो समयदेखि रिसइबी थियो ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’