स्वास्थ्य चौकीले आवश्यक उपकरण र सामग्री पाएपछि अस्पतालको सेवा गाउँमै

स्वास्थ्य चौकीले आवश्यक उपकरण र सामग्री पाएपछि अस्पतालको सेवा गाउँमै
+
-

सिमकोट – हुम्लाको दुर्गमको खार्पुनाथ गाउँपालिकाको एक स्वास्थ्य चौकीलाई आवश्यक उपकरण तथा सामग्री सहयोग उपलब्ध भएपछि गाउँमै अस्पतालबाट प्रदान हुने सेवाको सुरुवात भएको छ ।

दूरदराजका सेवाग्राहीलाई गाउँमा रहेका स्वास्थ्य चौकीबाट सबै रोगको उपचार सेवा प्रदान गर्न आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराइएको हो ।

स्वास्थ्य चौकीमा बिरामीलाई चेकजाँच गर्ने उपकरणको अभाब भएका बेला खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ५ को खर्पेलगाउँ स्वास्थ्य चौकीका लागि ४२ प्रकारका उपकरण र आवश्यक सामग्री सहयोग मिलेको स्वास्थ्य चौकीका इन्चार्ज हरिभक्त शाहीले बताए ।

सामग्री प्राप्त भएपछि जटिल रोगका बिरामीलाई पनि स्वास्थ्य चौकीमै उपचार गर्न सहज भएको वडा अध्यक्ष भीमराज शाहीले बताए ।

अस्पताल सञ्चालन गर्न प्रारम्भिक उपकरण तथा सामग्री गुडनेवर्स इन्टरनेशनल नेपालले उपलब्ध गराएको सो संस्थाका हुम्ला जिल्ला संयोजक वीरेन्द्र चौधरीले जनाए ।

इसिजी मेशिनसहित नवजात शिशुको तापक्रम व्यवस्थापनका लागि आवश्यक इन्कुडेटर मेशिन, ओटी लाईट, बेडहरु, मेडिशिन टेवल, आईडी सेट, डिजिटल विपी सेट, अटो क्ल्याप, डेलिभरी सेट लगायतका उपकरण तथा सामग्री स्वास्थ्य चौकीलाई दिइएको हो ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’