स्पेनिस ला लिगा फुटबलको लिडर एथ्लेटिको मड्रिड कोपा डेल रे फुटबलको दोस्रो चरणबाटै बाहिरिएको छ ।
तेस्रो डिभिजनको क्लब यूइ कोर्नेलासँग पराजित भएको हो । बुधबार राति भएको खेलमा घरेलु टोली कोर्नेलाले एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो ।
सातौँ मिनेटमा जिमिनेजले गरेको गोल नै कोर्नेलाको जितमा निर्णायक बन्यो।
६३ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर सान्चेज बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।
लगातार दोस्रो वर्ष एथ्लेटिको तेस्रो डिभिजनको क्लबसँग पराजित भएर कोपा डेल रेबाट बाहिरिएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































