चन्द्रमामा फोरजी इन्टरनेट विस्तार गर्दै नासा, जडानको जिम्मा नोकियालाई

चन्द्रमामा फोरजी इन्टरनेट विस्तार गर्दै नासा, जडानको जिम्मा नोकियालाई
+
-

काठमाडौँ- अमेरिकी अन्तरिक्ष संस्था नासाले पृथ्वीको फोरजीलाई नै चुनौती दिएर चन्द्रमामा फोरजी सेवा विस्तार गर्ने भएको छ।

नासाले चन्द्रमामा विस्तार हुने यो फोरजी एलटीइ नेटवर्को जिम्‍मा चर्चित मोबाइल कम्पनी नोकियालाई दिएको छ जसले सन् २०२२ सम्म‍मा चन्द्रमामा फोरजी सेवा प्रारम्भ गरिसक्ने छ।

चन्द्रमामा फोरजी नेटवर्क विस्तार गर्न नासाले नोकियासँग १ करोड ४१ लाख डलरको आर्टेमिस कार्यक्रम अन्तर्गत सम्झौता गरिसकेको छ।

यसका साथै चन्द्रमा सतहमा पनि मानवजातीको दिगो उपस्थितिका लागि नोकियाको बेल ल्‍याबले चन्द्रामामा पहिलो एलटीईर फोरजी कम्युनिकेसन सिस्टम विस्तार गर्ने काम सुरु गरिसकेको छ।

नोकिया बेल ल्याबका अनुसार पानोनर इनोभेसनले सन् २०२२ को अन्त्यसम्ममा चन्द्रमाको सतहमा पहिलो पटक अल्ट्रा कम्प्याक्ट, लो पावर, स्पेस हार्ड र एण्ड टु एण्ड एलटीई सोल्युसन स्थापना गर्नेछ। जसले टेलिमेट्री तथा बायोमेट्रीक डेटा एक्सचेञ्ज, रोभर्स तथा अन्य रोबोटिक उपकरण जडान गर्न र त्यसलाई रिमोट कन्ट्रोलको सहायताले चलाउन समेत यसले मद्दत गर्ने दाबी गरिएको छ।

यस्तै नोकियाले चन्द्रमामा लञ्चिङ तथा ल्याण्डिङको विषम परिस्थितिको सामना गर्नका लागि सक्षम हुने गरी नेटवर्कको डिजाइन गरिएको उल्लेख गरेको छ। जसमा कडा आकार, विद्युतको अभाव पूरा गर्नका लागि कम्प्याक्ट तयार पारिनेछ र फाइभजीको साटो फोरजी तथा एलटीई नेटवर्कको मद्दत चलाइनेछ।

नोकियाका बेल ल्‍याबका प्रमुख मार्कस वेलडनले भनेका छन्, ‘ हामीले चन्द्रमाको सतहमा पहिलो पटक पृथ्वीको फोरजी नेटवर्कलाई जोड्दैछौ। जसले चन्द्रमामा पनि मानवीयताको उपस्थित दीगो र बलियो रहोस्। यतिमात्रै नभएर हामीले यस नेटवर्कमार्फत ब्रह्माण्डमा रहेको माइक्रोवेभ रहस्‍य र रेडिएशनसँगै बिगब्‍याङबारे पत्ता लगाउन मद्दत पुग्नेछ। साथै चन्द्रमामा तीव्र गतिको फोरजी पनि चलाउन सकिनेछ। किनभने प्रविधिले विगत एक दशकमा विश्वभर विश्वसनीयता आर्जन गरिसकेको छ ।’

नासाको आर्टेमिस कार्यक्रम किन ?


 

अमेरिकी अन्तरिक्ष संस्था नासाले पृथ्वीको मात्र नभएर ब्रह्माण्डमा भइरेको गतिविधिलाई नजिकबाट नियाल्न र खोज गर्न चन्द्रमालाई पहिलो पटक फोरजी प्रविधि लैजान आर्टेमिस टीमले कार्यक्रम सुरु गरेको छ।

यो कार्यक्रम अन्तर्गत नासाले सन् २०२४ सम्म चन्द्रमामा पहिलो महिला र अर्को पुरुषलाई उतार्नेछ, जसले यसअघि भनिँदै आएको अधिक चन्द्रमाको सतहलाई पत्ता लगाउन नयाँ प्रविधिको उपयोग गर्नेछन्।

यसका साथै नासाले व्यवसायिक तथा अन्तर्राष्ट्रिय साझेदारी संस्थाहरुसँग पनि सहकार्य गर्नेछन् जसले यो कार्यक्रमको स्वरुप अनुसार मानिसले यसअघि कहिल्यै पुग्न नसकिएको र देख्न नसकिएको स्थानलाई पत्ता लगाउनेछन् ।

नासाले भनेको छ, ‘हामी रोबोटिक रुपमा चन्द्रमामा फर्किँदैछौं। चार वर्षभित्र हामी अन्तरिक्ष यात्रीलाई पठाउनेछौं र दशकको अन्त्यसम्म त्यहाँ लामो समय बिताउन सकिने अवस्थाको वातावरण निर्माण गर्नेछौ।’

नासाले चन्द्रमामा फोरजी सेल्युलर नेटवर्क स्थापना गर्नका लागि एक करोड ४१ लाख अमेरिकी डलर रुपैयाँ उपलब्ध गराएको छ । यो अनुदान नासाको ‘टिपिङ प्वाइन्ट’छनौटको गरेर उपलब्ध गराइएको हो। जुन ३७ करोड डलरको अंशको रुपमा रहनेछ । यसको उद्देश्य स्पेसमा खोजीका लागि उन्नत अनुसन्धान र विकासलाई अगाडि बढाउनु रहेको छ।

नासाले नोकियासँगको आफ्नो करार सम्झौताको घोषणा गर्दै यो सिस्टमले चन्द्रमाको सतहमा लामो दूरीको दूरसञ्चारलाई सपोर्ट गर्नेुका साथै स्पिड बढाउन सकिने र वर्तमान मानकको तुलनामा अधिक विश्वसनीयता प्रदान गर्न सक्ने उल्लेख गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?