प्रदेश १ का उद्योगी र उद्योग मन्त्रालयका उच्च पदाधिकारीबीच छलफल

प्रदेश १ का उद्योगी र उद्योग मन्त्रालयका उच्च पदाधिकारीबीच छलफल
+
-

विराटनगर – प्रदेश १ का उद्योगी व्यवसायीको टोलीले उद्योग क्षेत्रमा परेको समस्याका विषयमा उद्योग मन्त्रालयका उच्च पदाधिकारीसँग छलफल गरेको छ।

विराटनगरमा शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का पदाधिकारीहरुले उद्योग सचिव चन्द्रकुमार घिमिरेसँग पछिल्लोसमय उद्योग क्षेत्रमा देखिएको समस्याबारे जानकारी गराएका थिए।

छलफलका क्रममा महासंघका अध्यक्ष टिकाराज ढकालले श्रमिकको वैदेशिक मोहसँगै कोभिडका कारण विदेशी श्रमिक समेत काममा लगाउन नपाएको समस्या उत्पन्न भएको बताएका थिए।

नेपालभित्र आत्मनिर्भर हुने उद्योगलाई प्रोत्साहन गर्नमा जोड दिएका अध्यक्ष ढकालले विदेशी कामदार ल्याउन नसक्दा इट्टाभट्टा उद्योग, प्लाइउडका फ्याक्ट्री लगायत उद्योगहरु बन्द अवस्थामा पुगेको जानकारी गराएका थिए।

सोही क्रममा उनले भन्सारमा जाँचपाँस भइसकेका मालवहाक सवारी बाटोमा पुनः चेकजाँच गर्ने प्रवृत्ति रोक्न आग्रह गरे थिए।

भन्सारबाट प्रवेश गरेको सवारी भन्सार क्षेत्रभित्रै चेकजाँच कार्य सकेर बाटोमा दुःख नदिन सम्बन्धित निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए।

त्यसैगरि, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले ठूलो परिमाणको कार्गो भित्राउनका लागि रेलमार्गको सुविधा ल्याउन माग गरेका थिए।

रेलको सुविधा नहुँदा लागत बढिरहेको उनको भनाई थियो। त्यसैगरि, जग्गाको मूल्य आकाशिएको हुँदा उद्योग स्थापना गर्न समस्या भएको जनाउँदै उनले उद्योगी व्यवसायीले उद्योग खोल्नका लागि लिजमा जग्गा उपलब्ध गराउन जोड दिए।

पूर्वका लागि मुख्यद्वारका रुपमा रहेको विराटनगरको प्रवेश नाकाका लागि भारतको विहारस्थित मीरगञ्जको पुल अझै पनि पुरानै अवस्थामा रहेको बताउँदै उद्योगी बोहराले सो समस्याको हलका लागि सरकारी पक्षबाट पहल गर्नुपर्ने औल्याएका थिए।

अर्कोतर्फ, उद्योग सचिव घिमिरले मीरगञ्ज पुलको समस्या हल गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने जानकारी दिएका थिए।

त्यसैगरि, रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्रमा टेवा पुगेको बताएका घिमिरेले रेमिट्यान्सबाट आयातकर्ता र जग्गा कारोबारीलाई फाइदा पुगेको उल्लेख गरे।

उनले रेमिट्यान्ससँगै उत्पादनमुलक उद्योगलाई प्राथमिकता राखेर मुलुकको आर्थिक विकासमा टेवा पुराउनुपर्ने बताए।

छलफलका क्रममा ताप्लेजुंग, सुनसरी, मोरंग, झापाबाट महासंघका पदाधिकारीहरुको सहभागिता रहेको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए।

 

 

 

 

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’