सूर्य चिह्न ओली पक्षको हुनै सक्दैनः देवेन्द्र पौडेल

सूर्य चिह्न ओली पक्षको हुनै सक्दैनः देवेन्द्र पौडेल
+
-

वीरगञ्ज– नेकपा दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सूर्य चुनाव चिह्न आफूहरुले पाउने  दाबी गरेका छन्।

दाहाल–नेपाल पक्ष वीरगञ्ज महानगर समितिले वीरगञ्जमा आयोजना गरेको महानगर स्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सूर्य चिह्न केपी ओली पक्षको हुनै नसक्ने बताए।

पौडेलले भने, ‘हामी भन्न चाहन्छौँ सूर्य चिह्न उहाँहरुको हुनै सक्दैन, निर्वाचन आयोगले पार्टीको चिह्न संस्थापन पक्षलाई दिन्छ।’

प्रचण्ड नेतृत्वको आन्दोलनमा सहभागी भएर सरकारमा सबैभन्दा बढी अवसर पाएका व्यक्तिहरुले अहिले प्रचण्डलाई नै गाली गर्न नसुहाउने उनको भनाइ थियो।

मन्त्री पदको लोभमा परेर ओली पक्षमा लागेकाहरुलाई फर्केर जनताको बीचमा आउन गण्डकी प्रदेशका ईञ्चार्जसमेत रहेका पौडेलले आग्रह गरे।

सरकारले गरेका हरेक राम्रा कामको पार्टीले समर्थन गरेकोले प्रधानमन्त्रीले पार्टीले कामै गर्न दिएन भनेर भन्न नसुहाउने पौडेलको भनाइ थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’