उपचारका लागि विराटनगर आउँदै गरेका बिरामीको बसभित्रै मृत्यु

उपचारका लागि विराटनगर आउँदै गरेका बिरामीको बसभित्रै मृत्यु
+
-

मोरङ – झापाबाट उपचार गराउन विराटनगर आएका एक यात्रीको बसमै मृत्यु भएको छ।

उपचारका लागि झापाको कमल गाँउपालिकाबाट विराटनगर आएका २५ वर्षीय राजकुमार थापाको बस भित्रै आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार केर्खाबाट आएका थापाको जनसेवा यातायातको मे १ ख ३३३३ नम्बरको बसको चालकको भन्दा केही सिट पछाडिको सिटमा बसेका थिए।

प्रहरी प्रवक्ता राईले मृतक थापामा मृगौलाको पुरानै समस्या रहेको र गएको चार वर्षदेखि नियमित डायलासिस गराउँदै आएको खुलेको बताएका छन्।

प्रहरीले मृतकको साथमा भेटिएको कागजातका आधारमा २०७३ सालदेखि नै थापाको मृगौलाको नियमित डायलासिस हुँदै आएको थियो।

सोही क्रममा डायलासिस गराउनकै लागि उनी आइतबार बिहानै विराटनगरस्थित नेशनल किड्नी सेन्टरमा आएका हुन्। तर सेन्टर नपुग्दै बसभित्रै उनको मृत्यु भएको छ।

बसका चालक प्रसन्न प्रसाईले बिहान करिब ९ बजे विराटनगर बसपार्कमा आइपुगेपछि सबै यात्रु ओर्लिसक्दा पनि उनी नओर्लिएपछि बोलाउँदै गर्दा मृत्यु भइसकेको अवस्थामा भेटिएको बताए। त्यस लगत्तै उनीहरुले बसपार्ककै प्रहरीलाई खबर गरेका थिए।

घटनापछि शवलाई पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेर परिवारका सदस्य र आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’