एडिडास र नोर्थ फेसको नाम राखेर स्थानीय रेडिमेड कपडा बिक्री गर्ने उद्योगलाई ३ लाख जरिवाना

एडिडास र नोर्थ फेसको नाम राखेर स्थानीय रेडिमेड कपडा बिक्री गर्ने उद्योगलाई ३ लाख जरिवाना
+
-

पर्सा- एडिडासर दि नोर्थ फेसको नाम राखेर स्थानीय रेडिमेड कपडा बिक्री गर्ने वीरगञ्जको एक रेडिमेड उद्योगलाई रु ३ लाख जरिवाना गरिएको छ।

आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको नेतृत्वमा गरिएको उद्योग अनुगमनको क्रममा वीरगञ्ज महानगरपालिका ६ मा रहेको एस आर रेडिमेड उद्योगलाई ३ लाख जरिवाना गरिएको हो।

अनुगमनको क्रममा उक्त उद्योगले प्रतिष्ठित एडिडासर दि नार्थ फेसको ब्राण्ड लगाई रेडिमेड कपडाहरु बिक्री गरिरहेको पाइएको थियो।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिम वस्तु वा सेवाको वास्तविक गुणस्तर, बनावट आदि ढाँटी लुकाई, झुक्याई बिक्री गरिरहेकोले सोही ऐनको दफा ३९ को (ख) बमोजिम तीन लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सुचना अधिकारी दिलिप सँग खत्वेले जानकारी दिए।

जरिवाना बापतको रकम उद्योगलाई सात दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न निर्देशन पनि दिईएको खँग खत्वेले बताए। पर्साका प्रमुख जिल्ला अधिकारी तामाङको नेतृत्वमा १३ नम्बर गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरिक्षक राजेंद्र खड्का, राष्ट्रिय अनुसन्धानका टीका प्रसाद पोखरेल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निरीक्षण अधिकृत जित बहादुर भण्डारीको टोलीले उद्योग अनुगमन गरेको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’