जोसे मोरिन्होको टिम टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा पुगेको छ।
अवे मैदानमा भएको खेलमा टोटनह्यामले मारिनेलाई ५–० ले पराजित गरेको हो।
पहिलो हाफमा चार गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप एक गोल गरेको हो।
उसका लागि अल्भेस मोराइजले २४, ३० र ३७ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे । यस्तै ३२ औँ मिनेटमा लुकास मौरा र ६० औँ मिनेटमा डेविनले गोल गरे ।
आइतबार राति नै भएको खेलमा बिर्मिङ्गहमलाई ३–० ले पराजित गरेर म्यानचेस्टर सिटीले पनि चौथो चरणमा स्थान बनाएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































