रोनाल्डो, राम्सी र डानिलोको गोलमा युभेन्टसलाई महत्वपूर्ण जित

रोनाल्डो, राम्सी र डानिलोको गोलमा युभेन्टसलाई महत्वपूर्ण जित
+
-

प्रभावशाली जितसहित साबिक विजेता युभेन्टस इटालियन सिरी ए फुटबलको चौथो स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरे । सासुओलोका लागि डिफ्रेलले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सीधै रातो कार्ड पाएर ओबिएङ्ग बाहिरिएपछि सासुओलो १० खेलाडीमा सीमित भयो ।

५० औँ मिनेटमा डानिलोले गोल गरेर युभेन्टसलाई अग्रता दिलाए । डिफ्रेलले ५८ औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि ८२ औँ मिनेटमा राम्सी तथा इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा रोनाल्डोले गोल गरि युभेन्टसलाई ३–१ को जित दिलाए ।

जितपछि चौथो स्थानमा पुगेको युभेन्टसको १६ खेलबाट ३३ अंक भएको छ ।

तेस्रो स्थानको रोमा भने आइतबार राति नै भएको खेलमा दोस्रो स्थानको इन्टर मिलानसँग २–२ को बराबरीमा रोकियो । इन्टर मिलानको १७ खेलबाट ३७ तथा रोमाको ३४ अंक छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’