विश्वकै ठूलो गैरकानूनी मार्केटप्लेस डार्क वेब बन्द

विश्वकै ठूलो गैरकानूनी मार्केटप्लेस डार्क वेब बन्द
+
-

काठमाडौं-विश्वकै सबैभन्दा ठूलो गैर कानुनी बजार मानिने डार्क वेब मार्केट प्लेस बन्द भएको छ। युरोपयन युनियन एजेनसी फर ल इन्फोर्समेन्ट कोरपोरशन (युरोपोल)ले उक्त वेब प्लेटफर्मलाई अफलाइन बनाएको जनाएको छ।

जर्मनको प्रशासनले उक्त गैरकानूनी साइटका सञ्चालक ठानिएका एकजना अस्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ । यससँगै डार्क वेब होस्ट गरिएका २० वटा सर्भर समेत सिज गरिएको छ।

युरोपलका अनुसार बन्द हुनु अघि पाँच लाख प्रयोगकर्ता रहेको डार्कमार्केटले तीन लाख २० हजार कारोबार गर्दै आएको थियो। वेब मार्केट प्लेसमा लागु औषध र चोरिएका क्रेडिट कार्डमार्फत ठगिएको रकम र मालवेयर तथा भाइरस लगायतका अनेक किसिमका व्‍यापार हुने गरेको थियो।

यरोपलले यो साइटबाट हालको मूल्य अनुसार १४० मिलियन युरो बराबरको ब्यापार गर्ने गरेको अनुमान लगाएको छ। जुन बिटक्वाइन र मोनेरोमा हुने गरेको थियो। युरोपियन अधिकारीहरुले अपराधिक कारोबारका लागि यो साइट प्रयोग गर्ने क्रेता तथा बिक्रेताको विषयमा अनुसन्धान गर्न युक्रेन र मोल्डोभाबाट सिज गरिएको डार्कमार्केट सर्भर प्रयोग गर्ने योजना बनाएका छन्।

द गार्डियनको रिपोर्ट अनुसार वेब होस्टिङ कम्पनी साइबरबंकरमाथिको ठूलो अनुसन्धानबाट डार्कमार्केटको खुलासा भएको हो। साइबरबंकर (जुन वास्तवमा पूर्व नाटो बंकरस्थित राखिएको थियो) विगतमा द प्राइभेट बे र विकिलिक्सको सर्भरका लागि समेत प्रयोग भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?