मुलुकको सिस्टम बचाउन प्रतिनिधिसभा विघटन: रायमाझी

मुलुकको सिस्टम बचाउन प्रतिनिधिसभा विघटन: रायमाझी
+
-

बुटवल-ऊर्जामन्त्री टोप बहादुर रायमाझीले एमसीसी पास गर्ने/नगर्ने विषय छिटो टुंगो लगाउने बताएका छन्।

एमसीसीका विषयमा आफूले बोलेका कुरालाई विषयान्तर गरिएको भन्दै यसलाई पास गर्ने वा अस्वीकार गर्ने विषय छिटो टुंगाउनुपर्ने आफ्नो मत रहेको बताए।

उनले लोकतान्त्रिक संस्कार मान्ने राजनीतिक दल चुनावी मोर्चामा जान डराउनु आश्चर्य रहेको बताए। सरकारले कुनै रहरले नभएर मुलुकको सिस्टम बचाउन प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जानुपरेको उनले बताए ।

रिपोर्टर्स शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफ्नै पार्टीमा रहेका व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा ल्याई मुलुकको सिस्टमलाई अस्तव्यस्त पार्न खोजेकाले यस्तो अवस्था आएको बताए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली जनताले निश्चित समयका लागि जनमत दिएको र कार्यकर्ताले निश्चित समयका लागि पार्टी अध्यक्ष दिए पनि पार्टीका केही पदलोभी नेताका कारण यस्तो अवस्था आएको उनले बताए ।

उनले कोही कसैलाई बीचैमा प्रधानमन्त्री, पार्टी अध्यक्ष बन्न मन लागेर सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रसँग मिलेर चलखेल गरेको धारणा राखे ।

मन्त्री रायमाझीले प्रचण्डले घोषणा गरेर माधव नेपालले समर्थन गरेर केपी ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्री बनाएको स्मरण गर्दै त्यसरी बनाइएका नेताका पछाडि आफू लागेको बताए ।

प्रचण्डले माधव नेपाललाई नेता मान्न तयार भएपछि आफूले केपी ओलीलाई मान्दा लिगेसी छाडेको आरोप लगाइनु आवश्यक नभएको भन्दै उनले प्रतिनिधिसभा पुनःस्थापना हुने कुनै संभावना नरहेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?