निर्णायक टेस्टमा अस्ट्रेलियालाई झिनो अग्रता, भारत दबाबमा

निर्णायक टेस्टमा अस्ट्रेलियालाई झिनो अग्रता, भारत दबाबमा
+
-

भारतविरुद्धको चौथो तथा अन्तिम टेस्टको पहिलो पालीमा अस्ट्रेलियाले ३३ रनको अग्रता लिएको छ। तेस्रो दिन भारतलाई ३ सय ३६ रनमा समेटेको अस्ट्रेलियाले दोस्रो पालीमा दिनको खेल समाप्त हुँदासम्म विकेट नगुमाई २१ रन जोडेको छ।

अस्ट्रेलियाले समग्रमा ५४ रनको अग्रता लिएको छ। दुई दिनको खेल बाँकी रहेको अवस्थामा यो खेलमा जित हारको नतिजा निस्कने सम्भावना कम देखिएको छ। शृंखला १-१ को बराबरीमा छ। पहिलो टेस्ट अस्ट्रेलिया र दोस्रो टेस्ट भारतले जितेको थियो। तेस्रो टेस्ट  भने बराबरीमा सकिएको थियो।

भारतलाई अलआउट गर्नेक्रममा जोस हेजलउडले पाँच तथा मिचेल स्टार्क र प्याट कुमिन्सले दुई दुई विकेट हात पारे। भारतका वासिङ्टन सुन्दरले ६२ र सार्दुल ठाकुरले ६७ रन बनाए। मायाङ्क अग्रवालले ३८, कप्तान अजिन्क्या रहानेले ३७ र रोहित शर्माले ४४ रन जोडे। एक सय ८६ रन जोड्दा ६ विकेट गुमाएको भारतका लागि सार्दुल र वासिङ्टनले सातौँ विकेटका लागि एक सय २३ रनको साझेदारी गरेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?