अस्ट्रेलियाविरुद्ध स्मरणीय जितसँगै भारत टेस्ट क्रिकेट वरियताको शीर्षस्थानमा उक्लियो

अस्ट्रेलियाविरुद्ध स्मरणीय जितसँगै भारत टेस्ट क्रिकेट वरियताको शीर्षस्थानमा उक्लियो
+
-

अस्ट्रेलियाविरुद्ध मंगलबार तीन विकेटको रोमान्चक जित हात पारेसँगै भारत टेस्ट क्रिकेटको वरियताक्रममा शीर्षस्थानमा उक्लिएको छ।

मंगलबार सार्वजनिक गरिएको टेस्ट वरियतामा भारतले न्युजिल्यान्डलाई उछिनेर पहिलो स्थानमा पुगेको हो। तेस्रो स्थानमा अस्ट्रेलिया, चौथो स्थानमा इङ्ल्यान्ड र पाँचौँ स्थानमा दक्षिण अफ्रिका छ।

भारतले अस्ट्रेलियाविरुद्धको चार खेलको टेस्ट शृंखला २-१ ले जितेको हो। चौथो तथा अन्तिम खेलमा तीन विकेटको जित हात पार्दै भ्रमणकारी टोली भारतले शृंखला जितेको हो। शृंखलाअन्तर्गत पहिलो खेल अस्ट्रेलिया र दोस्रो खेल भारतले जितेका थिए। तेस्रो खेल बराबरीमा सकिएको थियो।

ब्रिसबेन क्रिकेट मैदानमा  तीन सय २८ रनको लक्ष्य भारतले पाचौँ तथा अन्तिम दिन ७ विकेट गुमाएर पुरा गर्‍यो। भारतले ४-० को स्थितीबाट दिनको खेल अगाडि बढाएको थियो। भारतको पालीमा सुबमन जिलले ९१, रिसभ पन्तले अविजित ८९ र चेतेश्वर पुजाराले ५६ रन बनाए।

केही ओभरको मात्र खेल बाँकी रहँदा भारतले जित निकालेको थियो जतिबेला भारत कि त शृंखला जित्ने कि त शृंखला हार्ने  अवसर र दबाबमा थियो। यस्तो अवस्थामा भरपर्दा रिसभले सम्हालिएर खेले। उनले पहिलोपटक टेस्ट खेलिरहेका वासिङ्टन सुन्दरसँग सातौँ विकेटका लागि गतिलो साझेदारी गरेका थिए।

प्रारम्भिक ब्याट्सम्यान जिलले दोस्रो विकेटका लागि पुजारासँग एक सय १४ रनको साझेदारी गरेका थिए। भारतले १८ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। भारतले चौथो विकेटका लागि ६१ र छैटौँ विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो।

पहिलो पालीमा ३३ रनको अग्रता लिएको अस्ट्रेलिया दोस्रो पालीमा  २ सय ९४ रनमा सिमित भएको थियो। दोस्रो पालीमा अस्ट्रेलियालाई सस्तोमा समेट्न भारतका बलर मोहम्मद सिराजले पाँच र टी नाटाराजनले चार विकेट हात पारेका थिए।

भारतले सन् १९८८ पछि ब्रिसबेन क्रिकेट मैदानमा अस्ट्रेलियालाई हराएको हो। यसअघि यो मैदानमा यति ठुलो लक्ष्य पुरा भएको थिएन। प्लेयर अफ दी म्याच रिसभ पन्त भए भने प्लेयर अफ दी सिरिजको अवार्ड अस्ट्रेलियाका प्याट कुमिन्स भए। भारतले दुई वर्षअघि पनि अस्ट्रेलियामा टेस्ट शृंखला जितेको थियो।

यसपटक पहिलो टेस्टपछि भारतका नियमित कप्तान विराट कोहली घर फर्किएका थिए, श्रीमती सुत्केरी हुन लागेका कारण। त्यसयता भारतको कप्तानी अजिन्क्या रहानेले गरेका थिए।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?