सन्दीप लामिछानेलाई रिलिज गर्‍यो दिल्ली क्यापिटल्सले

सन्दीप लामिछानेलाई रिलिज गर्‍यो दिल्ली क्यापिटल्सले
+
-

काठमाडौँ- इन्डियन प्रिमियर लिग-आईपीएल फ्रेन्चाइज दिल्ली क्यापिटल्सले नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ।

नयाँ सिजनका लागि अक्सन हुनुअघि दिल्लीले सन्दीपलाई रिलिज गरेको हो। अब उनी आगामी फेब्रुअरीमा हुने अक्सनमा सहभागी हुन पाउने छन्।

तीन सिजनयता उनी दिल्लीमा थिए। सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्। आईपीएलको पछिल्लो सिजनमा उनी टोलीमा रहेर पनि एक खेल पनि खेल्न पाएका थिएनन्।

दिल्लीले विदेशी खेलाडीका रुपमा किमो पल, जेसन रोय र एलेक्स कारेलाई पनि रिलिज गरेको छ। भारतीय खेलाडीका रुपमा दिल्लीले मोहित शर्मा र तुसार देसपाण्डेलाई रिलिज गरेको छ।

तीन सिजन अघि दिल्लीले सन्दीपलाई प्रति सिजन २० लाख भारतीय रुपैयाँ दिने गरि आबद्ध गरेको थियो। मेगा अक्सनअघि दिल्लीले सन्दीपलाई रिलिज गरेन।

यो सिजन मेगा अक्सन हुने भनिएपनि कोरोना महामारीका कारण अघिल्लो वर्ष झैँ मिनी अक्सन हुने तयारी छ। यद्यपी दिल्लीले सन्दीपलाई रिलिज गरेको हो। अब अक्सनमा उनलाई अन्य फ्रेन्चाइजले आबद्ध गर्न सक्नेछन्।

दिल्लीले विदेशी खेलाडीका रुपमा कागिसो राबडा, एनरिच नोर्त्या, मार्कस स्टोइनिस, सिमरन हेटमेयर, ड्यानियल साम्स र क्रिस वोक्सलाई रिटेन गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?