सिरियामा माइनस २० डिग्री तापक्रममा शान्ति स्थापनार्थ नेपाली सेना

सिरियामा माइनस २० डिग्री तापक्रममा शान्ति स्थापनार्थ नेपाली सेना
+
-

काठमाडौँ- शान्ति स्थापनार्थ सिरियामा रहेका नेपाली सेना यतिबेला माइनस २० डिग्री सेल्सियस तापक्रम र २० फिट गहिरो हिँउ भएको क्षेत्रमा खटिइरहेका छन्।

सिरियाको अति संवेदनशीय मानिने माउन्ट हर्मन इजरायलले पनि दावी गर्दै आएको छ। स्वामित्वलाई लिएर यो विवाद ४६ वर्षयता निरन्तर छ।शान्ती स्थापनार्थ नेपाली सेना खटिएको यो ठाउँ संयुक्त राष्ट्र संघीय शान्ती सैनिक मिसन रहेको विश्वकै सबैभन्दा अग्लो ठाउँ मानिन्छ।

यस क्षेत्रमा ठुलो संख्यामा विद्युतीय धरापहरु रहेको बताइन्छ। मुस्ताङको कैसाङ्गस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला तालिम लिएका नेपाली सैनिकहरु यस्ता क्षेत्रमा खटिने गर्छन्। माउन्ट हर्मनमा वर्षको ६ महिना हिमपात हुन्छ। सन् २०१३ यता नेपाली सेना त्यस क्षेत्रमा छ।

नेपालका वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले यो मिसनको फोर्स कमाण्डर भएर काम गरिसकेका छन्। शान्ती सेनामा खटिएका नेपाली सेनाको टोलीमध्ये सबैभन्दा ठुलो स‌ंख्या यो मिसनमा परिचालन छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?