
काठमाडौँ- सप्तरीको खडक नगरपालिकामा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मोटरसाइकलमा तीन जना सवार थिए। प्रदेश-२-०१-००१-प६१४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका-११ बनौलीका २१ वर्षीय शिवेन्द्र शाह र सोही ठाउँका २५ वर्षीय अरबिन्द यादबको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही स्थानका २१ वर्षीय सुनिलकुमार चौधरी गम्भिर घाइते भएको र उपचार भइरहेको छ।