
झापा – पूर्वपश्चिम राजमार्गको झापाको शिवसताक्षीस्थित किराँत चोकमा नेकपा विप्लव समूहका कार्यकर्ताले सार्वजनिक बस तोडफोड गरेका छन्।
शनिबार दिउँसो धरानबाट काँकरभिट्टा तर्फ आउँदै गरेको यात्रुवाहक बसमा केही युवाले खुकुरी प्रहार गरेको र ढुङ्गा हानेर सिसा फुटाइदिएको प्रहरीले जनाएको छ।
दिउँसो १२ बजे बस रोकेर तोडफोड गर्दा अगाडिको भाग र झ्यालका सिसा फुटेका छन्।
विप्लप समूहले आह्वान गरेको नेपाल बन्दका क्रममा सोही पार्टीका कार्यकर्ताले बस तोडफोड गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
तोडफोड भएको बा. ४ ख ८८९७ नम्बरको गजुरमुखी यातायातको बस इप्रका झिलझिलेमा राखिएको छ।