हुम्लामा खाना पकाउने ग्यासको प्रयोग बढ्दैः खच्चडबाट ढुवानी, मूल्य प्रतिसिलिण्डर १४ हजार!

हुम्लामा खाना पकाउने ग्यासको प्रयोग बढ्दैः खच्चडबाट ढुवानी, मूल्य प्रतिसिलिण्डर १४ हजार!
+
-

सिमकोट– सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्ने स्थानीयको संख्या पछिल्लो समय बढ्दै गएको छ।

ग्यासको प्रयोग गर्दा भान्सामा काम गर्न सहज हुने हुँदा स्थानीयले महँगोमा खाना पकाउने ग्यास किनेर प्रयोग गर्न थालेका हुन्। भान्सामा ग्यास जडान गरेपछि भाडा धरै फोहोर नहुने र समय पनि बचत हुन थालेको सिमकोट बजारकी स्थानीय कैलु लामाले बताइन्।

भान्सामा दाउरा किनेर प्रयोग गर्दा पनि उस्तै खर्च हुने हुँदा ग्यास प्रयोग गर्न थालेको लामाको भनाइ छ।

पहिलो पटक ग्यास चुल्हो प्रयोग गर्न थालेकी अर्की स्थानीय सरिता शाहीले भान्सामा दाउरा प्रयोग गर्दा आगो फुक्न झन्झट हुने गरेकोमा अब सजिलो भएको बताइन्।

पछिल्लो समय खाना पकाउने ग्यास प्रयोग गर्ने स्थानीय बढेको सिमकोट हुम्लाका ग्यास पसल सञ्चालक लोकेन्द्र शाहीले बताए।

मुगुको गमगढीबाट तीनदेखि चार दिन खच्चडमा बोकाएर ल्याउन पर्दा हुम्लामा ग्यास महँगो पर्ने गर्छ। प्रतिसिलिण्डर १४ हजार तिरेर ग्यास प्रयोग गर्ने सेवाग्राही दिनदिनै बढिरहेको व्यापारी शाहीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?