साविक विजेता सिक्सर्सलाई हराउँदै प्ले अफ पुग्ने हरिकेन्सको सम्भावना कायमै, सन्दीपले लिए लगातार बलमा विकेट

साविक विजेता सिक्सर्सलाई हराउँदै प्ले अफ पुग्ने हरिकेन्सको सम्भावना कायमै, सन्दीपले लिए लगातार बलमा विकेट
+
-

अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटमा सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ। हरिकेन्सले आइतबार भएको खेलमा साविक विजेता सिड्नी सिक्सर्सलाई ७ रनले हरायो। सन्दीपले दुई विकेट लिए। उनले लगातार बलमा विकेट लिएका थिए।

पहिला ब्याटिङ गरेको हरिकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ८८ रन जोडेको थियो। हरिकेन्सका कप्तान म्याथ्यु वेडले ८६ र डी आर्की सर्टले ७२ रन जोडे। यी दुई प्रारम्भिक ब्याट्सम्यानले पहिलो विकेटका लागि १४.३ ओभरमा एक सय ४५ रनको साझेदारी गरे। यी दुई जनाबाहेकका ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्।

सिक्सर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ८१ रन जोड्यो। हरिकेन्सका जोर्डन सिल्कले ७८ र मोइजेस हेनरिक्सले ४३ रन बनाए। दुईपटक जिवनदान पाएका कप्तान हेनरिक्सलाई सन्दीपले आउट गरेका थिए। लगत्तै अर्को बलमा उनले डान क्रिस्टियनलाई शुन्यमा आउट गरे।

११.३ ओभरमा दुई विकेट गुमाएर एक सय ११ रन जोडेको अवस्थामा सन्दीपले हेनरिक्सलाई तेस्रो विकेटका रुपमा आउट गरेका थिए। सन्दीपले चार ओभरमा २४ रन खर्चिएका थिए। उनले अन्तिम ओभरमा केवल ३ रन दिए। व्यक्तिगत तेस्रो ओभरको चौथो र पाचौँ बलमा उनले विकेट हात पारेका हुन्। सिक्सर्सलाई अन्तिम ओभरमा २८ रन चाहिएको थियो। यो अवस्थामा रिली मेरेडिथले दुईवटा नो बल फ्याँकेका थिए।

हरिकेन्स १३ खेलबाट २७ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।  शीर्षस्थानमा रहेको पर्थ स्कर्चर्सको १३ खेलबाट ३२ अंक छ। १३ खेलबाट सिड्नी सिक्सर्सको पनि ३२ अंक छ। १३ खेल खेलेका एडिलेड स्ट्राइकरको २८ र सिड्नी थण्डरको २७ अंक छ।

१३ खेलबाट ब्रिसबेन हिटको २५ र मेलबर्न स्टारको २४ अंक रहेको छ। शीर्ष ५ टोली प्ले अफमा पुग्नेछन्। हरिकेन्सले पहिलो चरणको अन्तिम खेलमा मंगलबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?