
सिमकोट-हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख नहुँदा सडक बनाउने काम ठप्प भएको छ । गत मंसीर ८ गते काठमाडौं बिस्तार आयोजनाबाट सरुवा भएर हुम्ला आएका नयाँ योजना प्रमुख निलम्बनमा परेपछि उनको ठाउँमा अर्को योजना प्रमुखको व्यवस्था नहुँदा काममा असर परेको हो।
गत पुस १७ गतेबाट हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेल बहादुर नेपाली अख्तियारमा उजुरी पर्दा निलम्बन परेको आयोजनाका इन्जिनीयर सन्तोस यादबले बताए। यत्रो दिन भइसक्दा पनि अर्को ब्यबस्था नभए पछि दर्जनौ योजनाका कामहरु अगाडि बढ्न सकेका छैनन्। सकका सबै काम रोकिएका छन्।
सडक विभागले जिल्लामै भएको इन्जिनीयरलाई जिम्मेवारी पनि नदिएको र नयाँ पनि नखटाएको कारण आयोजनाको प्रशासनीक तथा आर्थिक कारोवार ठप्प भएको हो । धेरै योजनाहरु निर्माण भई रहेको र नयाँ योजनाका सम्झौता गर्न पनि समस्या भएको हो।
योजना प्रमुख कहिले ब्यबस्था हुने हो त्यो पनि पत्तो छैन। आयोजनाका तीन वटा योजनाका काम गर्दै आएका सपना धुलिखेल जेभीमा स्थानीय प्रतिनिधि तेज बहादुर महतले योजना प्रमुख नहुँदा भएको कामको भुक्तानी लिन नपाएको बताए।
योजना प्रमुख नभएपछि कामदारलाई ज्याला दिन समेत नसकिएको उनले बताए । अब जति सक्दो चाँडो योजना प्रमुख व्यवस्था गर्न समेत सडक बिभागलाई उनले आग्रह गरे ।