
सिमकोट-नेपाल प्रहरी हुम्लाले ठूलो परिणामको चिनियाँ मदिरा बरामद गरेको छ। खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरीले एक सय दश काटुन चिनियाँ गाउँ भित्र्याउने त्रममा छिप्रा पुलबाट बरामद गरेको हो।
राति ३ बजेको समयमा गाउँ भित्राउने त्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिए। अहिले सम्मकै ठुलो परिणामको चिनियाँ मदिरा बरामद गरेको प्रहरी नायब उपरिक्षक सुवेदीले बताए।
बरामद गरेको अवैध चिनियाँ मदिरा झनिगिन्टी जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाले जनाएको छ । बरामद गरिएको चिनियाँ मदिरा प्रती बोतलको मूल्य ८ सयको दरले १० लाख ४० हजारको मूल्य बराबर ठूलो परिणाम मदिरा बरामद भएको छ।
मदिरा व्यापारिकलाई जिल्ला प्रहरी कार्यलय हुम्लाले नाम खुलाउन मानेको छैन। यसरी जिल्लाका विभिन्न नाकाबाट चिनियाँ मदिरा भित्र्याउने र गाउँभरी छ्यापछ्यापी भएपछि गाउँमा कलह, झगडा हुँदै आएको छ।
चिनियाँ मदिरा यसरी गाउँ भित्रिनु मदिरा सेवनले गाउँमा कलह झै झगडा मुख्य विषय हो। गाउँमा मात्रै नभई सदरमुकाम सिमकोटमा पनि चिनियाँ मदिरा भित्रिएको श्रोतले जनाएको छ।
चीनसँगको नाका कोरोनाको कारण बन्द रहेको बेला गत वर्ष नै हुम्ला भित्रिएको हुन सक्ने देखिएको छ। उक्त बरामद मदिरा प्रहरी चौकी याङ्चुमा गाउँपालिकाको रोहवरमा नष्ट गरिएको छ।