पार्टीभित्रैबाट जनमुखी काम गर्न अवरोध गरेकाले प्रतिनिधि सभा विघटन: अर्थमन्त्री पौडेल

पार्टीभित्रैबाट जनमुखी काम गर्न अवरोध गरेकाले प्रतिनिधि सभा विघटन: अर्थमन्त्री पौडेल
+
-

बुटवल- नेकपा (ओली पक्ष)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रबाट जनताको चाहना र राष्ट्रको आवश्यकता विपरीत दलको विधानभन्दा बाहिर गएर जनमुखी काम गर्न अवरोध गरेकाले नयाँ जनादेशका लागि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन्।

बुटवल बजार क्षेत्रको सडक विस्तारको शिलान्यास गर्दै पौडेलले अनुशासित, जनता र राष्ट्रप्रति उत्तरदायी प्रतिनिधिसभा बनाउनका लागि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए।

उनले आफ्नै पार्टीबाट छापामार शैलीमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव बोक्दै हिँडेकाले संसद विघटन गरेको तर्क गरे।

प्रतिपक्षले भन्दा बढी आफ्नै पार्टीले सरकारलाई जनमुखी काम गर्न बाधा व्यवधान गरेको आरोप लगाउँदै उनले निर्वाचनबाट आफूहरुले भनेजस्तै संसद बन्ने विश्वास व्यक्त गरे।

अर्थमन्त्री पौडेलले मुलुक विकासको गतिमा अगाडि बढिसकेको दाबी गर्दै अबका केही वर्षमा बुटवल विश्वकै उदाहरणीय शहर बन्ने बताए। उनले केही हप्ताभित्रै सिद्धबाबा सुरुङमार्गको टेण्डर खुल्ने बताउँदै बुटवल-नारायणगढ, बुटवल-धानखोला र बुटवल-पोखरा आधुनिक सडक सञ्जालमा छिटै जोडिने उल्लेख गरे।

यसअघि उनले तिनाउ र दानव नदीमा बनेका ३ वटा पुलको शिलान्यास गरेका थिए। बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे ३ किलोमिटर सडक निर्माणका लागि २०७३ सालमा ४७ करोड २७ लाखमा ठेक्का सम्झौता भएपनि कतिपय घरधनीहरुले सडक खाली नगरेर अदालतमा गएपछि सडक विस्तारको काम रोकिएको थियो।

चार लेन सडक अन्तर्गत सडकको दुवैतर्फ पाँच-पाँच मिटरको सर्भिस लेनसहितको सडक २०७९ साल वैशाख मसान्तसम्म काम सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले जिम्मा पाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?