
काठमाडौँ – स्वस्थानी व्रत सुरु भएसँगै बिहीबारदेखि उपत्यकाको उत्तर पूर्वी भेगको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला सुरु भएको छ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल छैन ।
यस वर्ष कोरोना महामारीका कारण माधनारायण मेला नगरी व्रत मात्र गर्ने गरी व्यवस्था गरिएको छ । व्रतालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष मीजेन्दकाजी श्रेष्ठले यस वर्ष माघ १५ गतेदेखि फागुन १५ गतेसम्म मेला लाग्ने बताए ।
विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित रुपमा राखिने जनाइएको छ ।
महिला ३५ र पुरुष १४ गरी ४९ यसपटक व्रतमा सहभागी भई परम्परादेखि संस्कृति संरक्षण गर्नेछन् । विगत वर्षमा जस्तो मेला भने यसपटक नलाग्ने समितिले जनाएको छ । सबै वर्तालुको कोरोना एण्टिजेन परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको छ । निमोनियाको एक्स रे
गरिएकामा त्यसको समेत रिपोर्ट नेगेटिभ आएको अध्यक्ष श्रेष्ठले बताए ।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले माधवनारायण मेलाका केही तस्बिरहरुः