हुम्लाका ७७ वटै विद्यालय खुले

हुम्लाका ७७ वटै विद्यालय खुले
+
-

सिमकोट-लामो समय कोरोना कहरले बन्द रहेका हुम्ला सिजल्लाका ७७ वटा विद्यालयमा बिहीवारबाट पठनपाठन सुरु भएको छ।यसअघि गाउँपालिकाले विद्यालय सुचारु गर्ने निर्णय गरेपछि यी विद्यालयहरुले पठन पाठन सुरु गरेका हुन।

बालमन्दिर माध्यामिक विद्यालयमा पढाई सुरु भएकै दिन असी भन्द बढी प्रतिशत विधार्थीको भौतिक उपस्थिती रहेको विद्यालयका शिक्षक मधु बस्नेत शाहीले बताइन्।कक्षा एक देखि पाँचसम्मका विधार्थीको उपस्थिती केही कम भएपनि माथिल्लो कक्षाका विधार्थीको उपस्थिती राम्रो रहेको उनको भनाई छ।

कोरोना संक्रमणको सुरक्षाका लागि विधार्थी तथा शिक्षकका लागि अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने ब्यबस्था विद्यालयले गरेको छ।सिमकोटका २८ वटै विद्यालयमा बिहीवारबाट पठन पाठन सुरु भएको सिमकोट गाउँपालिकाले जनाएको छ।

त्यर्सै गरि जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाका ३२ वटा बिद्यालयमा पठन पाठन एक साथ सुरु भएको गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले जानकारी दिए। नयाँ शैक्षिक सत्र सुरु हुन लागेका बेला पठन पाठन सुरु भएको हुँदा विद्यार्थीको उपस्थितष सन्तोषजनक रहेको उनले बताए।

त्यसैगरी ताँजाकोट गाउँपालिकाका १७ वटा विद्यालयमा पठन पाठन सुरु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालले बताए। विधार्थी र शिक्षकले कोरोना संक्रमण बिरुद्धका सामाग्री प्रयोग गरेर विद्यालय सञ्चालनमा आएका उनले बताए।

फागुन २ गतेबाट हुम्ला जिल्लाका विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनु पर्नेमा कोरोनाको कारण भरखर पढाई सुरु भएकोले पठन पाठनलाई तिब्रता दिने विद्यालयले जनाएका छन्।शुक्रवार समेत पुरा दिन पढाई सञ्चालन गर्ने विदालयले जनाएका छन्। पठन पाठन सुरु भएका अधिकाँस विद्यालयका शिक्षकहरु विद्यालयमा पुगि सकेको र केही नआएको भएपनि सम्पर्कमा आई सकेको जनाइएको छ।

यसअघि पुस १५ गतेबाट अदानचुली गाँउपालिकाका विद्यालयमा पठन पाठन सुरु भई रहेको छ भने अब तीन वटा गाउँपालिका नाम्खा, खार्पुनाथ र चंखेलीमा पनि चाँडै पठन पाठन सुरु गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएका छन्।हुम्लाका विद्यालयमा पहिलो पटक पुस माघ महिनामा पठन पाठन सुरु भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?