व्यङ्ग्य

नेता शहीद बन

नेता शहीद बन
+
-

तिमीलाइ ठूलै मान्छन् नेता शहीद बन
आर्यघाट सम्म लान्छन् नेता शहीद बन।।

वर्षौँ चढायौँ फूल माला अरु शालिकलाई
झण्डाको कात्रो बान्छन् नेता शहीद बन।।

जनता शहीद बनी ल्याए तन्त्र थाम्न गाह्रो
अब पालो तिम्रो छान्छन् नेता शहीद बन।।

कति दिन भोकै बस्यौँ हरायो खाने चिन्ता
एक छाक खल्को हाल्छन् नेता शहीद बन।।

सात पुस्ताको दानापानी गाँठो कति कस्यौ
नबुझ्नेले त्यागी ठान्छन् नेता शहीद बन।।

आफू नहुँदा देश डुब्छ कि पिर गर्छौ किन
तिमी नभए पनि धान्छन् नेता शहीद बन।।

वनमा पाइने कन्दमूल हामी घरमा खान्छौँ
मार्सि चामल उता खान्छन् नेता शहीद बन।।

नाइ नास्ति गर्छौ भने अवसर त्यसै जाला
यमराजले आफैँ तान्छन् नेता शहीद बन।।

बाँडी खायौ कि एक्लै नत्र अकाल आउला
चित्रगुप्तले हिसाब माग्छन् नेता शहीद बन।।

वनका काठ बेची खायौ दाउरा काँचै होला
चिता नबले बाँसले हान्छन् नेता शहीद बन।।

अरुले गोली खाएको लस्कर लाग्या देख्यौ?
तिम्रो मलाम सबै जान्छन् नेता शहीद बन।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?