प्रधानमन्त्रीज्यू! राम बन्नुस्, हामी हनुमानहरु तयार छौँ

प्रधानमन्त्रीज्यू! राम बन्नुस्, हामी हनुमानहरु तयार छौँ
+
-

सम्माननीय भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको एउटा फेसबुक पोस्टले सोच्न बाध्य तुल्यायो। जीवनमा संस्कारको कति गहिरो प्रभाव एवं महत्व हुँदो रहेछ! आधुनिकताका नाममा धर्म संस्कृतिको पीपल छाया छाडेर विधर्मीको कैक्टस संस्कृतिले विकसित संस्कारमा कति फराकिलो स्पष्ट दृष्टिगोचर हुने कालो र सेतोकै माफिक तात्विक भिन्नता हुँदो रहेछ।

प्रसंग वर्तमानका प्रधानमन्त्री केपी शर्मा ओलीको पशुपति दर्शन एवं पूजा आराधना विषयक हो। केपीज्यूले पशुपति दर्शन उपरान्त आफ्नो निवास पुग्न नपाउँदै देशभरीका मिडिया र उहाँकै पूर्व कित्ताका स्नेहिल जमातको पाचन शक्तिमा आएको विकारले यत्रतत्र वमनको दुर्गन्धले समग्र वातावरण नै प्रदूषित बनायो। सोच्ने फुर्सद त छैन होला प्रधानमन्त्री ओलीज्यूलाई, भए एकपटक त विचार गरी हेर्नु पर्ने हो- ‘अहो, जीवन कस्ताको संगतमा बितेको रहेछ!’

केपीज्यू, अहिले त अनुभति भइरहेको होला, वामपंथ विषवृक्ष हो, यस वृक्षका फल मात्रै होइनन्, लता-लतिका, शाखा-प्रशाखा, पात-पात, कोपिला- कोपिला नै तीक्ष्ण विषले आपूरित एवं सञ्चारित हुने रहेछन। मलाई विदित छैन, तपाईँ कुन भावदशाका अधीन भई पशुपतिको शरणागत हुन जानु भएको थियो, मेरो विचारमा यदि साँच्चै नै तपाईँमा प्रायश्चित र अपराधबोधको अभ्युदय भएको छ भने तपाईले शीघ्र नै एकपटक पुनः पशुपतिनाथ पुगी जीवनभरि विषवृक्षलाई मलजल गरेकोमा क्षमा पूजा अर्चना गर्नु उपयुक्त हुन्छ।

कताकता मलाई विभीषणको समझना आई रहेछ। विभीषणका हृदयमा परम कृपालु भगवान श्रीरामको बास भए पनि प्रारब्धवश उसले दशाननको असुर राज्यमा निर्वाह गर्नु परिरहेको थियो। विभीषणका मनमा राम भए पनि रावणको कम्युनिस्ट साम्राज्यमा उसको अवस्था के थियो, ऊ आफैँ वर्णन गर्छ-

सुनहु पवनसुत रहनि हमारी। जिमि दसनन्हि महुँ जीभ बिचारी॥
तात कबहुँ मोहि जानि अनाथा। करिहहिं कृपा भानुकुल नाथा॥

हे हनुमान, म लंकामा मुखभित्र जसरी कठोर र तीक्ष्ण दाँतहरु माझ कोमल जिब्रो बसेको हुन्छ, त्यसरी नै बसिरहेको छु। आशा छ, कुनै न कुनै दिन भगवानले मेरो उद्धार गर्नु हुनेछ। लाग्छ- केपीज्यू पनि विभीषणकै भाँति तीक्ष्ण दाह्राहरुको माझमा फस्नु भएको थियो। ईश्वर कृपाले बल्ल जीवनको उत्तरार्धमा आएर उम्किने मौका पाउनु भयो। न गुमाऊ तात यो अवसर!

विभीषणले त एउटा हनुमानजी भेट्दैमा आफ्नो जीवनको दिशा सुनिश्चित गरी धर्ममय जीवनआचरणमा लिप्त एवं निमग्न हुने कल्याणकारी मार्ग रोजेको थियो। तपाईँका लागि हामी धेरैजना हनुमान बन्न प्रस्तुत छौँ।

तात, अब आफ्ना पाइलालाई कमजोर हुन नदेऊ, बढेका पाइलालाई हिन्दू धर्मको पुनर्स्थापना नभएसम्म विश्राम गर्ने अनुमति पनि नदेऊ।

विभीषणले त एउटा हनुमानजी भेट्दैमा आफ्नो जीवनको दिशा सुनिश्चित गरी धर्ममय जीवनआचरणमा लिप्त एवं निमग्न हुने कल्याणकारी मार्ग रोजेको थियो। तपाईँका लागि हामी धेरैजना हनुमान बन्न प्रस्तुत छौँ।

वत्स! तिमीलाई तिम्रै पुर्व कित्ताका असुर- खल- रिपु- दानवहरुले विभीषणको संज्ञा देलान्, यसमा किञ्चित पनि विचलित अथवा विक्षिप्त नहुनू। विभीषण धर्मका प्रतीक हुन्। यी कम्युनिस्टहरुले, तथाकथित अविवेकी एवं धर्मच्युत ‘लिबरल’हरुले विभीषण चरित्रको अपव्याख्या गरेर विभीषणको मानमर्दन गरेका हुन्, जसमा कुनै सत्यता छैन। वत्स, तिमी विभीषण जस्तो बन, विभीषण नै बन। मैले हिजोमात्र थाहा पाएँ केपीज्यू, तपाईँले भारतीय लेखक वामन कांडेद्वारा ५ खण्डमा लेखिएको ‘धर्मशास्त्र का इतिहास’ नामक ग्रन्थको विशद -बृहत वृतान्त नै आद्योपान्त पढ्नुभएको छ। मैले थप यसबारे तपाईँलाई केही भनी राख्नु पर्दैन। स्मरण गर्नुस्- विभीषण र हनुमानजी भेट हुँदाको प्रसंग।

विवश एवं लाचार विभीषण भन्छन्-

‘तामस तनु कछु साधन नाहीं। प्रीत न पद सरोज मन माहीं॥
अब मोहि भा भरोस हनुमंता। बिनु हरिकृपा मिलहिं नहिं संता॥
जौं रघुबीर अनुग्रह कीन्हा। तौ तुम्ह मोहि दरसु हठि दीन्हा॥’

धर्मकार्यका लागि प्रभु समक्ष आफूलाई दीन हीन नै ठानी, उनकै चरण कमलमा ध्यान लगाई विश्वास गर्नुस्- ‘बिनु हरी कृपा मिलहि नहीं संता।’

‘तपाईँ पनि विभीषणका भाँति पद प्रहार सहनु भइरहेको छ। निर्णय तपाईँको! अब राक्षस दल छाडेर, राम दलमा आउने कि अपमान सहेर राक्षसगणकै भजन मण्डलीमा रही अरण्य रोदन गर्ने?’

अस कहि कीन्हेसि चरन प्रहारा। अनुज गहे पद बारहिं बारा॥

विभीषणका भाँति विनीत बनी विवेक प्रयोग गरी राम दलमा प्रवेश गर्ने अवसर छ तात तपाईँलाई-

रामु सत्यसंकल्प प्रभु सभा कालबस तोरि।
मैं रघुबीर सरन अब जाउँ देहु जनि खोरि॥

आउनुस, रामका शरणमा आउनुस्, धर्मको शरणमा आउनुस्। धर्मले त युगौँयुगौँदेखि उद्घोष गर्दै आई रहेको छ –

कोटि बिप्र बध लागहिं जाहू। आएँ सरन तजउँ नहिं ताहू॥
सनमुख होइ जीव मोहि जबहीं। जन्म कोटि अघ नासहिं तबहीं॥
पापवंत कर सहज सुभाऊ। भजनु मोर तेहि भाव न काऊ॥
जौं पै दुष्ट हृदय सोइ होई। मोरें सनमुख आव कि सोई॥
 निर्मल मन जन सो मोहि पावा। मोहि कपट छल छिद्र न भावा॥

कोटी पाप गरे पनि धर्मका शरणमा आउँदा प्रभु श्रीरामले तत्काल क्षमा दिनु हुन्छ। आएर त हेर्नुस् प्रधानमन्त्रीज्यू।

जदपि सखा तव इच्छा नहीं। मोर दरसु अमोघ जग माहीं॥
अस कहि राम तिलक तेहि सारा। सुमन बृष्टि नभ भई अपारा॥
रावन क्रोध अनल निज स्वास समीर प्रचंड।
जरत बिभीषनु राखेउ दीन्हेउ राजु अखंड॥
जो संपति सिव रावनहि दीन्हि दिएँ दस माथ।
सोइ संपदा बिभीषनहि सकुचि दीन्हि रघुनाथ॥

तपाईँ निष्काम भावले धर्मचर भई प्रभुका शरणमा, धर्मका शरणमा आउनुस्। धर्मको ‘म्याट्रिक्स’ नै यस्तो हो यसले निर्मल मन हुने बित्तिकै जन्म जन्मका अपराध क्षमा गरी दिन्छ।

अरुले भन्छन् देशको राजनीति गम्भीर मोड़मा छ, कुनै पनि दुर्घटना हुन सक्छ। यस्तो हुँदै होइन, देशको राजनीति बल्ल ठीक ठाउँमा, ठीक
मोड़मा आइपुगेको छ। परिवर्तन र धर्म स्थापनाको सारथी बन्ने अवसर तपाईँलाई प्राप्त भएको छ। किञ्चित पनि भयभीत नभई, किञ्चित पनि विचलित नभई, मनमा किञ्चित पनि शंका-संदेह नराखी संधान गर्नुस् सखा! सबै सकारात्मक शक्ति तपाईँका साथमा हुने छन्। निष्कंटक राज्य तपाईँकै हो। प्रभु श्रीरामले सागरको जलबाट विभीषणको राज्याभिषेक गरेझैँ हिन्दू धर्मले तपाईको पथ प्रसस्त गर्नेछ, गर्न आतुर छ।

एवमस्तु कहि प्रभु रनधीरा। मागा तुरत सिंधु कर नीरा॥
जदपि सखा तव इच्छा नहीं। मोर दरसु अमोघ जग माहीं॥
अस कहि राम तिलक तेहि सारा। सुमन बृष्टि नभ भई अपारा॥

कहाँसम्म भनौ तात! धर्मको महिमा तपाईँलाई पनि विदित नै छ प्रिय मित्र!! धर्मले तपाईको सुरक्षार्थ कोदंड (श्रीरामको धनु), गाण्डीव (अर्जुन धनु), सुदर्शन (भगवान् श्रीकृष्णको परम अस्त्र), पिनाक (शिव धनु) बज्र (इन्द्र अस्त्र – thunderbolt) सबै किसिमको अस्त्र संधान गर्नेछ। अनेकौँ दधीचि तपाईँका माध्यमले धर्म स्थापना हेतु आफ्ना हाड प्रस्तुत गर्न किञ्चित पनि विलम्ब गर्दैनन्। तस्मात् उत्तिष्ठ मोहन- मधु नंदन! आफ्नो हज़ूरआमा राम्यादेवीले बाल्य्कालमा प्रत्यारोपित गरेको संस्कार जाग्रत गरी धर्म संस्थापना हेतु निष्काम भावले अग्रसर बन। राजा कौशिकझैँ रहेका तपाईँलाई गायत्रीमन्त्रको स्रष्टा ब्रह्मऋषि विश्वामित्र बनाउन म जस्ता अनेकौँ वशिष्ठ वरदहस्तले सबै किसिमको सहयोग गर्न आतुर छौँ, लालयित छौ। हे उपमन्यु गोत्री श्रेष्ठ नर! नबिर्स धर्मले निश्चित प्रयोजनका निमित्त तपाईँलाई निम्मित्त नायक हुने अवसर दिएको छ, यसमा तपाईँले कण र क्षणको पनि गर्व नगरी निष्काम भावले होम्मिनु पर्छ। यो कुरा राम्ररी

संज्ञानमा लिनू, तपाईँले धर्मले उपलब्ध गराएको अवसरमा हीनतावश दौर्बल्य प्रदर्शित गरे धर्मले तपाईलाई कान्तिहीन बनाई अरु कसैलाई नायक बनाउन किञ्चित पनि विलम्ब गर्दैन। धर्म शास्वत हो, धर्म आधार हो, धर्म जगतको आत्मा हो, अन्य सबै कुरा क्षणभंगुर नै हुन्।

गीतामा भगवान श्रीकृष्णले पार्थ अर्जुनलाई भनेको स्मरण गरी निमित्त नायक हुने सौभाग्य ग्रहण गर्नुस्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?