आर्थिक अभावमा गंगा विकको दुवै हातको उपचार हुन सकेन, सहयोगको याचना

आर्थिक अभावमा गंगा विकको दुवै हातको उपचार हुन सकेन, सहयोगको याचना
+
-

सिमकोट-एक जना बालकको घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको छ। करेन्ट लागेर दुई वर्ष अगाडि दुवै हात गुमाएका ती बालक हाल गाउँमा सहयोगी हातको याचना गर्दै बसेका छन्।

सर्केगार्ड गाउँपालिका वडा नम्बर १ को तुम्च गाउँका १४ वर्षका बालक गंगा बिक आर्थिक अवस्था कमजोरीका कारण उपचार नपाएर गाउँमा पीडा सहेर बस्न बाध्‍य भएका हुन।

भारतमा काम गर्न जानेक्रममा करेन्ट लागेर हात गुमाएका बिकलाई आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन नसकेको उब्जन मल्लले बताए।

उनले भने, ‘ उपचारका लागि आबश्यक आर्थिक नभएकै कारण भारतबाट उपचार नगरेरै उनी गाउँ फिर्ता भएका थिए।बुवा पहिले नै बिती सक्नु भएको र आमा पनि अर्कैसँग बिबाह गरेर गएपछि उनको बिचल्ली भयो।’

केही समय अगाडि सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले सहयोग गरेर उपचार गर्न नेपालगंज लगिएको भएपनि आर्थिक अभावकै कारण उपचार पूरा नभएर फिर्ता आएका थिए उनी।

दुबै हात नभएपछि काम गर्न नसक्ने र कसैले दिएको खानेकुरा खाएर दिन बिताउने गर्दै आएका गंगा परिवारका अन्‍य सदस्‍य कोही छैनन्।
घरको आर्थिक अवस्था उपचारका लागि कसैले पनि ऋण दिन मानेका छैनन्।घरको अवस्थाले उपचार गर्न सम्भव नभएपछि उनी रुँदै सहयोगी निकायसँग आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन्।

बेसाहारा अवस्थामा हाल गाउँमा बस्दै आएका बिक भने कुनै उपायले उपचार भए केही गरेर खानसक्ने आट मनमा बोकेको बताउँछन्।तर उनको यो इच्छा पूरा हुन भने सहयोगी हातहरुको खाँचो रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?