
झापा – झापाको भद्रपुर नाकामा पनि सशस्त्र प्रहरीले बीओपी स्थापना गरेको छ।
लामो समयदेखि प्रयोगविहीन बनेको भद्रपुर ५ स्थित मेची किनारमा रहेको सार्वजनिक मलामी विश्राम भवनमा सशस्त्र प्रहरीले बीओपी स्थापना गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका डिआइजी वंशी दाहाल र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिस्सिनाले संयुक्त रुपमा आइतबार उद्घाटन गरे।
प्रदेश १ मा ५० वटा बीओपी पुर्याउने लक्ष्यका साथ काम भइरहेको डिआइजी दाहालले बताए।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले झापाको १४४ दशमलव २ किलोमिटर खुल्ला सीमाबाट हुने आपराधिक क्रियाकलाप, अतिक्रमण, चोरी निकासी जस्ता कार्य रोक्न स्थापना गरिएको बीओपीले सीमा सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।