
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले मार्च मार्चपास गरेको छ। पूर्वमन्त्री तथा नेकपा ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा मार्चपास गरिएको हो।
मार्चपास राजधानीको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्याम्पसबाट सुरु भएर पुतलीसडक, बागबजार हुँदै वाल्मिकी क्याम्पसमै पुगेर सकिएको थियो।
मार्चपासपछि अहिले प्रशिक्षण कार्यक्रम चलिरहेको छ। कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित छन्। ओली समूहले भोलि गर्ने शक्ति प्रदर्शनको तयारीस्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको हो।
भोलिको आमसभाका स्वयंसेवकहरुलाई प्रशिक्षण दिन लागिएको बताइएको छ।