
सिमकोट– प्रतिनिधि सभा विघटनको विरोधमा हुम्लामा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ। कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार शनिबार विरोध प्रदर्शन गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद विघटनको विरोधमा प्रदर्शन गरिएको नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कैलाश रोकायाले जानकारी दिए।
विरोधमा कांग्रेस निकट विभिन्न संघसंस्थाहरु सहभागी थिए।
बिहान साढे ११ बजे पुरानो पार्टी कार्यालय कालीचोकबाट सुरु भएको विरोध र्याली बालमन्दिर चोक, काठेचुली हुँदै धुपी रुपसम्म पुगेका थिए।
उनीहरुले हात र टाउकोमा कालो पट्टी बाँधेका थिए। विरोध र्यालीले बजार परिक्रमा गरेको थियो।
प्रर्दशनमा ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामति कर्मचारी युनियन संघ, प्रेस युनियन, लोकतान्त्रिक होटल संघ, लोकतान्त्रिक निर्माण व्यवसायी संघ, वित्तिय संस्था लगायत कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।