
सिमकोट-एक दिन अगाडी हिमपात पछि सुचारु रहेको हिमाली जिल्ला हुम्लाको हवाइ सेवा पुन: अवरुद्ध भएको छ।
आइतवार बिहानैबाट लागेको हावा हुरीले हुम्लाको हवाई सेवा अबरुद्ध भएको छ।
बिहानैबाट नेपालगंज र सुर्खेतबाट हवाई जहाजहरु उडान भर्न तयारी अबस्थामा रहेको भएपनि सिमकोटमा हावाहुरी लागेको कारण कुनै उडान हुन नसकेको समिट एयर हुम्लाका इन्चार्ज गोबिन्द लामाले बताए।
आइतवार बिहानैबाट हावा हुरी चलेको कारण हवाइ सेवा बन्द भएको उनले बताए।
हवाई सेवा अवरुद्ध रहेपछि नेपालगंज र सुर्खेत झर्ने यात्रुहरु अवेरसम्म सिमकोट बिमान स्थलमा प्रतिक्षा गरेका थिए।
सिमकोट बिमानस्थलका लागि उडान भर्ने तारा , सीता र समिट एयरका जहाजहरु कनैले उडान भर्न पाएनन्।
पछि बिमानस्थलले उडान तालिका क्यान्सिल भएको जनाएपछि आ आफ्नो घरतर्फ लागेका थिए।
त्यसैगरी जडिबुटी समेत ढुवानी हुन सकेन । हिमपातको कारण अबरुद्ध रहेको हवाई सेवा शनिवार सुचारु भएको थियो।